बाँकेमा कोरोना बिस्फोट: भेरीमा दैनिक मृत्यु, प्रशासन निन्द्रामा !

नेपालगन्ज : बाँकेमा कोरोना कहर नियन्त्रण भन्दा बाहिर जाँदै गरेको अवस्था सृजना भएको छ ।

दैनिक जसो भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु भैरहेको छ भने दैनिक कोरोना संक्रमितको संख्या समेत वृद्धि भएको छ ।

गय राती (२०७७ को अन्तिम रात) मात्रै  भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । लम्कीचुहा १ कैलालीका ३७ वर्षका पुरुषको गयराती ९:५० मा भेरी अस्पतालमा निधन भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।

यसरी दैनिक कोरोना संक्रमण बढिरहेको छ , दैनिक मृत्यु हुनेको सिलसिला समेत रोकिएको छैन । तर यस्तो विषम परिस्थितिमा बाँकेको प्रशासन भने निन्द्रामा रहेको छ ।

कोरोना विस्फोट भैरहदा समेत स्थानिय प्रशासनले कोरोना संक्रमणलाई नियन्त्रण गर्नलाई कुनै चासो देखाएको छ । प्रशासन मात्रै होईन , स्वास्थ्य कार्यालय बाँकेले समेत कोरोना नियन्त्रणमा कुनै चासो देखाएको छैन ।

कोरोना संक्रमण भारत विस्फोट पछि नेपालमा समेत विस्फोटको स्थिति सृजना भएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाले सिमानाकामा हेल्थ डेक्स स्थापना गर्ने बाहेक अन्य कुनै योजना र टाक्स देख्न सकिदैन ।

बाकेका स्थानिय तहले समेत कोरोना कहर संग लड्न कुनै योजना तयार गरेको छैन , आइसोलेसन तयारी अवस्थामा राख्नु पर्नेमा त्यो समेत हुन सकेको छैन । यता भेरिको आइसोलेसन भरिभराउ भैसकेको छ यस्तो अवस्थामा दैनिक संक्रमित कोरोनाका बिरामिहरुको उपचार कहाँ र कसरी गर्ने भन्ने कुरामा सबै अलमलको स्थिती रहेको छ ।

त्यस्तोमा नेपालगन्ज मेडिकल कलेजले कोहलपुरमा आइसोलेसन स्थापन गर्ने उद्घोष गरे पनि सरकारी तवर देखि त्यस्तो योजना कुनै तयार नरहेकोले जनतामा आक्रोसि छायको छ ।

प्रतिक्रिया