बाँकेमा भयावह बन्दै कोरोना : भेरीमा १२३ वटा स्याम्पल परिक्षण गर्दा ७५ मा कोरोना पोजेटिभ

नेपालगन्ज : बाँके जिल्लामा कोरोना संक्रमण भयावह हुँदै गएको छ । भेरी अस्पताल नेपालगन्जले बाँकेमा कोरोना संक्रमणको दोश्रो लहर अपेक्षाभन्दा व्यापक र तिब्रगतिमा फैलिदै गएको देखिएको जनाएको छ ।

त्यस्तै गत २४ घन्टामा १२३ वटा स्याम्पलको पिसिआर परिक्षण गरिएकोमा ७५ जनामा पोजेटिभ देखिएको छ, जुन परिक्षण संख्याको ६१ प्रतिशत हो ।

यता कोरोना संक्रमणको दर तिब्र गतिमा फैलनु र दैनिक भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुनुले बाकेमा कोरोना संक्रमण विस्फोटको अवस्थामा रहेको बुझ्न सकिने स्वास्थ्यकर्मीहरु बताउछन् ।

भेरी अस्पताल नेपालगन्जले बुधबार कोरोना संक्रमणको डाटा सार्वजनिक गर्दै, नयाँवर्ष सँगसँगै कोभिड नियन्त्रणको निम्ति सबैले आआफ्नो ठाउँबाट सक्दो पहल गर्नु अपरिहार्य भएको जिकिर गरेको छ ।

भेरी अस्पताल नेपालगन्जले भिडभाड नगर्न, सुरक्षाका मापदण्डहरूको प्रयोग गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सबैमा अनुरोध गरेको छ ।

यता भेरी अस्पतालले यसरी कोरोनाको डाटा सार्वजनिक गर्दै कोरोनाको अवस्था भयावह हुँदै गएको भनिरहेको अवस्थामा बाँके प्रशासनले भने कोरोना नियन्त्रण र रोकथामको लागि कुनै पहलिकदम चालेको छैन । नत स्वास्थ्य संग सम्बन्धीत निकायले नै त्यतातर्फ सोचिरहेका छन् ।

प्रतिक्रिया