खजुराका कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा खजुरा २ का ४२ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलिले बताएका छन् ।

बाँकेमा कोरोना संक्रमणबाट मृत्युु हुने सिलसिला रोकिएको छैन । हरेक दिन जसो उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

बाँकेमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । आज एकै दिन १२३ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।

बाँके जिल्लामा आज ६२ महिला र ६१ पुरुष गरि १२३ जनालाई कोरोना पुस्टी भएको छ भने ७ दिनमा मात्र ३६६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया