भेटेरिनरी अस्पतालमा परिक्षण २२५५

नेपालगन्ज : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा रहेको पशुपन्छी प्रयोगशाला सेवा बाट २२ सय ५५ को सङख्यामा परिक्षण गरिएको छ ।

यस आर्थिक वर्षको फाल्गुन सम्म गोबर परिक्षण २ हजार १ सय २९ रहेको छ । त्यस्तै, दुध परिक्षण १८५ रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।

पशुपन्छी प्रयोगशाला सेवा बाट ४१ वटा कुखुराको शबको परिक्षण गरिएको प्रमुख अधिकारीले उल्लेख गर्नुभयो । भेटेरिनरी अस्पताल बाटै पशुपन्छीको राम्रो उपचार हुने भएपछि कार्यालय परिसरमा दिनहुँ पशुपन्छी उपचार गर्न आउनेको सङख्या दिन प्रतिदिन बढ्दो छ ।

प्रतिक्रिया