नेपालगन्ज : बिहीवार नेपालगन्ज मेडिकल कलेजमा स्वाब परिक्षण गरेका सबैमा कोरोना पुष्टि भएको छ ।
नेपालगन्ज मेडिकल कलेजमा बिहीवार लिइएको ४५ पिसिआर स्वाब सबै पोजिटिभ आएको हो । सो को जानकारी बाँकेका कोरोना फोकल पर्सन तेज ओली दिएका छन् ।
बाँकेमा हप्तादिन यता कोरोनाको ग्राफ अस्वभाविक रुपले उकालो लागेको छ । दैनिक सयको संख्यामा कोरोना संक्रमण पुष्टि हुँदै आएको बाँकेमा मृत्यु हुनेको सिलसिला समेत रोकिएको छैन ।











