भेरी अस्पताल नेपालगन्जमा सुर्खेतका कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा सुर्खेतका ३१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बाकेमा दैनिक जसो उपचाररत कोरोना संक्रमितको मृत्यु हुने सिलसिला रोकिएको छैन । यता दैनिक रुपमा कोरोना संक्रमणको ग्राफ दैनिक उकालो लाग्दै गएको छ भने मृत्युु हुनेको संख्यामा समेत वृद्धि हुँदै गएको छ ।

उता बिहीवार नेपालगन्ज मेडिकल कलेजमा स्वाब परिक्षण गरेका सबैमा कोरोना पुष्टि भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा बिहीवार लिइएको ४५ पिसिआर स्वाब सबै पोजिटिभ आएको थियो ।

प्रतिक्रिया