नेपालगन्ज : कोरोना कहरको दोस्रो लहर बल्झिए संगै नेपालगन्जको कोरोना संक्रमणको ग्राफ अस्वभाविक रुपमा उकालो लागे संगै बाकेमा स्थानिय प्रशासन र प्रहरीको भुमिका बारे थोरै आलोचना हुँदै गर्दा बाके प्रहरीले शुक्रवार बिहानै नेपालगन्जका विभिन्न स्थानमा मास्क खोइ अभियान सुरु गरेको छ ।
जिल्लामा कोरोना संक्रमण ह्वात्तै बढे पछि स्कुल समेत एक हप्ताका लागि बन्द गरिएको छ । यता भिडभाड कम गर्ने र स्वास्थ्यका मापदण्ड पालना गर्ने र गराउने क्रममा बाँके प्रहरीले शुक्रबार देखि आफ्नो एक्टिभिटी सुरु गरेको हो ।












