बाँके प्रहरीद्वारा ५६९ जना फरार अभियुक्त पक्राउ, चोरी अभियोगमा फरार ८ बर्ष पछि पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले फरार अभियुक्त प्रकार गर्ने अभियानलाई निरन्तरता दिदै हालसम्म ५६९ जना फरार अभियुक्त पक्राउ गरिसकेको छ ।

बाके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने कार्यमा आफुहरुको अभियान निरन्तर रुपमा जारी रहेको समेत बताएको छ ।

सो क्रममा चोरी घटनाका दोषीलाई बाँके प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ ।

फरार अपराधीहरुलाई धमाधम समातिरहेको बाँके प्रहरीले जिल्ला बाँके साविक सोनपुर गाविस ६ हाल खजुरा गाउँपालिका ७ बस्ने बर्ष ३१ को लोहे तेलीलाई चोरी मुद्दामा फरार अवस्थाबाट पक्राउ गरेको हो ।

बाँके प्रहरीका अनुसार, जिल्ला अदालत बाँकेको मिति २०६९।०५।०३ गतेको फैसलाले २२ दिन कैद र सन्ताउन्न हजार जरिवाना तोकिएको थियो ।

निज हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष प्रहरी टोलिले विहीवार निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया