भेरीमा १२७ र मेडिकल कलेजमा ४५ गरेर १७२ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेका छ । कल्पना गरिए भन्दा धेरै कोरोना संक्रमणको ग्राफ जिल्लामा उकालो लागेको हो ।

शुक्रबार मात्रै भेरी अस्पतालको ल्यबको गरिएको परिक्षणमा मात्रै १२७ जनामा कोरोना पोजेटिभ देखा परेको छ । भेरिले २५४ घण्टा ल्मा १८३ पिसिआर स्याम्पल लिएर गरेको परिक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको हो ।

उता नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा गरिएको परिक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको छ । मेडिकल कलेजले ४५ जनाको स्वाब परिक्षण गरेकोमा ४५ जनामै कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यसरी जिल्लामा एकै दिन १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बागेश्वरी ल्याबको रिपोर्ट भने अझै आउन आकि नै छ ।

‘एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो,’ भेरी अस्पतालले संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्दै सावधानी अपनाउन अपील गरिरहेको छ ।

प्रतिक्रिया