शुक्रबार १९९ मा कोरोना पुष्टि, नेपालगन्जमा लकडाउन किन नगर्ने ?

नेपालगन्ज : शुक्रबार बाँकेमा करिब दुई सय जनामा कोरोना पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा ४५ जनाको स्वाब परिक्षण गरिएकोमा ४५ जनामै कोरोना पुष्टि भएको छ ।

उता भेरी अस्पताल नेपालगन्जको परिक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको छ भने बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा सहित १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् । बिगत १ बर्षमा एकै दिन धेरै कोरोना संक्रमित पहिचान भएको यो नै पहिलो हो ।

ओलिका अनुसार हिजो बाँके जिल्लाका विभिन्न ल्याबमा पिसिआर जाच २७२ जनाको गर्दा १९९ जनामा संक्रमण पुस्टी भएको छ ।

त्यस्तै यता दैनिक रुपमा कोरोना संक्रमण बढ्ने र मृत्युु हुनेको सिलसिला समेत नरोकिएको अवस्थामा स्थानिय प्रशासनले नेपालगन्ज वा बाँकेको भिडभाड हुने स्थान पहिचान गरि किन लकडाउन नगर्ने ?

उच्च अदालत बार एसाेसियशन नेपालगन्जका सचिव समेत रहेका अधिवक्ता पदम पाण्डेयले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै नेपालगन्जमा लकडाउन गर्नु पर्ने जिकिर गरेका छन् ।

लकडाउन मात्रै होइन पाण्डेयले नाम मात्रको लकडाउन नभै कामको लकडाउन गर्नु पर्ने जिकिर गरेका छन् ।पाण्डेयले अगाडि लेखेका छन् , ‘काेभिड-१९ दाेस्राे लहर राेकथामका लागि कम्तिमा २ हप्ता नाम मात्रकाे नगरी “काम “काे लकडाउन अनिवार्य छ ।’

यसरी नेपालगन्ज मात्रै होईन पूरा बाँके नै कोरोनाको दोस्रो लहरको चपेटामा परेको बेला स्थानीय सरकारले कडा खालको लकडाउन गर्नु पर्ने स्थानिय तथा अगुवाहरु बताउने गर्छन् ।

त्यस्तै बाँकेका पत्रकार खगेन्द्र दाहालले लकडाउन मात्रै समस्याको समाधान नहुने भन्दै लकडाउन गरे पनि त्यसको पालना जनताले गर्नु पर्ने हुन्छ । नाम मात्रको लकडाउनले जनताले दुख पाउने मात्रै हुन सक्छ त्यसैले कोरोना नियन्त्रण गर्न भिडभाड नियन्त्रण गर्नको लागी कडा खाले लकडाउन गर्नु पर्ने धारणा राख्छन् ।

यता बाँकेमा दिनप्रतिदिन अस्वभाविक रुपले कोरोनाको ग्राफ उकालो लागिरहेको बेला नेपालगन्ज बजार भने अव्यवस्थित रुपले स्वास्थ्यको मापदण्ड बिनै भिडभाड रहेको छ ।

यता बाँके प्रहरीले आज देखि केही समयलाई भए पनि चोकचोकमा मास्क चेकिङ गरेको थियो । जसको कारण स्थानियमा केही हद सम्म भए ओअनि मास्कको प्रयोगमा वृद्धि भएको छ ।

प्रतिक्रिया