कोहलपुर दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, मृतकको संख्या अझै बढ्न सक्ने

नेपालगन्ज : बाँकेको कोहलपुरमा एक भयानक दुर्घटना हुँदा ३८ जना घाइते बएका छन् भने ५ को मृत्युु भएको छ ।


नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका इमेर्जेन्सी इन्चार्ज गोकर्ण बहादुर शाहिका अनुसार ५ जनाको मृत्यु भएको छ भने केही सिकिस्त रहेका छन् ।

बाँकेको कोहलपुर नगरपालिकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र ट्रक एकआपसमा ठोकिदा ३८ जना घाइते र ५ को मृत्युु भएको हो।

सर्खेतबाट काठमाडौंतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको(अनटेस्ट) टिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

घाइते सबैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको डिएसपी खड्काले बताए। उनका अनुसार दुर्घटना बेलुकी ६ बजेतिर भएको हो।

प्रतिक्रिया