नेपालगन्जको जमुनहा नाका भएर नेपाल प्रवेश गरेका थप ९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँके नेपालगन्जको जमुनाह सिमानाका भएर शनिबार भारतदेखी फर्किएका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार विहान नेपालगन्ज सिमानाका जमुनहामा हेल्थ डेक्समा गरिएको एन्टिजेन परीक्षणमा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलिले बताएका छन् ।

आजका ९ संगै भारतबाट नेपालगन्ज जमुनहा सिमानाका भएर नेपाल प्रवेश गर्ने २४ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएका संक्रमितलाई ह्वाइट हाउस आइसोलेसनमा राख्ने व्यवस्था मिलाइएको फोकल पर्सन ओलिले बताए ।

प्रतिक्रिया