नेपालगन्ज : शनिबार भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परिक्षणमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा संकलन गरिएको १९० वटा स्वाब परिक्षण गर्दा १०६ जनामा कोरोना पुष्टि भएको हो ।
बाकेमा दैनिक रुपमा कोरोना संक्रमण दर बढिरहेको छ । शुक्रबार मात्रै बाँकेमा १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।












