नेपालगन्ज : बाँकेको भेरी अस्पताल नेपालगन्जमा उपचाररत तीन जनाको शनिबार मृत्यु भएको छ । भेती अस्पताल नेपालगन्ज मा दुई घण्टाको समयावधि भित्र तिनको मृत्यु भएको बाकेका कोरोना फोकल पर्सन तेज ओलिले बताएका छन् ।
मृत्युु हुनेमा बाँकेको १, दैलेखको १ र बर्दियाको १ जना रहेका छन् ।
केहिदिन यता बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सिलसिला रोकिएको छैन । बाँकेमा कोरोना संक्रमण दर समेत बढिरहेको छ ।











