कोहलपुर तनावग्रस्त, सवारीसाधनमा तोडफोड

नेपालगन्ज : बाँकेको कोहलपुर आइतबार पनि तनावग्रस्त बनेको छ । केही गाडिमा तोडफोड समेत गरेका छन् । कोहलपुरमा मकालु यातायात समितिका पदाअधिकारीहरु छलफल गर्ने नआएको भन्दै तनावग्रस्त भएको हो ।

टिप्पर चालक कोहलपुर नगरपालिका वडा नं.३ बस्ने २५ वर्षिय खगेन्द्र बहादुर सुनार, सहचालक कोहलपुर १२ बस्ने २१ वर्षिय उदय बाँठाको टिप्पर र बसको एकआपसमा ठोक्किँदा मृत्यु भएको थियो ।

मृतकका आफन्तहरुले समितिका पदाअधिकारीहरु अहिले सम्म पनि नआएको भन्दै आन्दोलनले उग्र रुप लिएको छ । शनिबार उग्र बनेको कोहलपुरको उक्त आन्दोलनले नेपालगञ्जबाट आइरहेको सानो भ्यानको तोडफोड समेत गरेका थिए ।

प्रतिक्रिया