नेपालगंज : नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संघ नेपालको केन्द्रीय कमिटीमा बाँकेका युवाहस्तीहरुको संख्या उलेख्य रहेको छ ।
युवा संघ नेपाल (माधव समुह)को केन्द्र हाक्ने बाँकेका युवाहरुकै कारण बाँकेमा युवा संघ नेपालको शाख समेत जोगिएको छ । सकृय युवापुस्ता रहेको बाँकेमा केन्द्र हाक्ने युवाहरु बाँकेबाट प्रतिनिधित्व गर्दै युवा संघको केन्द्र सम्म पुगेका हुन् । युवा संघ नेपालको केन्द्रमा बाँकेबाट मात्रै १७ जनाले प्रतिनिधित्व गरेका छन् । युवा संघ नेपालको केन्द्रीय महासचिव र लुम्बिनी प्रदेश अध्यक्ष समेत बाँकेबाट नै प्रतिनिधित्व गरेकाकाले बाँकेको राजनैतिक भबिष्य राम्रो रहनेमा धेरैले अनुमान गरेका छन् ।
दिपक जीएम (केन्द्रीय महासचिव, युवा संघ नेपाल)

बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ५ का स्थाई बासिन्दा समेत रहेका दिपक जीएम बाँके जिल्ला अध्य्यक्ष हुदै केन्द्रको महासचिव सम्म पुगेका हुन् । लामो समय देखि नेकपा एमाले तथा युवा संघ नेपालको राजनीति गर्दै आएका जीएम माओबादी केन्द्र संग एकीकरण हुनु अगाडी युवा संघ नेपालको केन्द्रीय सचिव समेत रहेका थिए ।
किशोर थापा (केन्द्रिय सचिव/ लुम्बिनी प्रदेश अध्यक्ष, युवा संघ नेपाल)

बाँकेको जानकी गाउँपालिका वडा नम्बर दुइका बासिन्दा हुन् । बाँकेमा युवाहरुमा माझ सबैभन्दा रुचाइएका युवा नेताको परिचय बनाएका थापाले बाँकेको राजनीतिमा ठुलो प्रभाव पार्न सक्छन । पार्टीको राजनीति संगै युवा संघको राजनीतिमा सकृय रहेका थापा माओबादी केन्द्र संग एकीकरण पुर्व युवा संघ बाँकेको अध्यक्ष हुन् । माओबादी केन्द्र संगको एकीकरण पछी युवा संघको केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेका थापा पछिलो समय युवा संघको प्रदेश कमिटि बिस्तार तथा संगठन निर्माणमा सकृय रहेका छन् ।
सुशिला बडुवाल (केन्द्रीय सचिव, युवा संघ नेपाल)

बाँकेको कोहलपुर नगरपालिका सुशिला बडुवाल युवा संघको राजनीतिमा लामो समय देखि सकृय छिन् । बाँके देखि युवा संघ नेपाल केन्द्र हाक्ने बाँकेको युवापुस्तामा बदुवालाको नाम पनि अग्रपंक्तिमा आउने गर्दछ । माओबादी केन्द्र संगको एकता पुर्व युवा संघको केन्द्रीय सचिवालय सदस्य समेत रहेकी बडुवाल एकता पछी पनि केन्द्रीय सदस्यको जिम्मेवारी प्राप्त गरेकी थिइन् ।
कुस्माखर बस्याल (स्थाई कमिटि सदस्य, युवा संघ नेपाल)

बाँकेको युवा राजनीतिमा अर्को परिचित नाम हो कुस्माखर , बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर दुइका स्थानीय समेत रहेका बस्याल यस अघि युवा संघ बाँकेका संयोजक समेत हुन् । माओबादी केन्द्र संगको एकता पछिको राष्ट्रीय युवा संघ नेपालको संयोजक रहेर काम गरेका बस्याल एकता पुर्व बाँकेमा सचिव रहेर काम गरिसकेका छन् । बस्याल युवा संघ बाँकेका बर्तमान अध्यक्ष समेत हुन् ।
राजु तामाङ (स्थाई कमिटि सदस्य, युवा संघ नेपाल)

बाँकेका युवा नेता राजु तामाङ एकता पुर्व युवा संघ बाँकेका उपाध्याक्ष समेत हुन्, युवा राजनीतिमा बाँकेमा स्थापित रहेका तामाङ कोहलपुर नगरपालिकाको खेलकुद बिकास समितिका संयोजक समेत हुन् ।
मिलन शाह (स्थाई कमिटि सदस्य, युवा संघ नेपाल)

बाँकेका युवा नेता मिलन शाह माओबादी केन्द्र संगको एकता पुर्व युवा संघ बाँकेका उपाध्याक्ष हुन्, युवा राजनीतिमा बाँकेमा स्थापित नाम मध्यका शाह पनि युवा संघ नेपालको केन्द्र हाक्दै छन् ।
त्यस्तै बाँकेबाट युवा संघ नेपालको स्थाई कमिटी सदस्यमा नारायणी ओली, केशव शाही परेका छन् । भने राजु रुचाल र एकता शाह केन्द्रीय सचिवालय सदस्यमा परेका छन् ।
त्यस्तै युवा संघ नेपालको केन्द्रीय सदस्यहरुमा बाँकेबाट सन्त बहादुर थारु, रियाँ अलि अन्सारी, रेशम डाँगी, ज्ञानेन्द्र ओली, बिनोद खड्का, रत्ना गिरि, दिपक केसी र बिक्रम ओली रहेका छन् ।











