खजुरामा किसानको आर्थिक अवस्था सुधार गर्न परियोजना संचालनमा

खजुरा : बाँकेको खजुरा गाउँपालिकामा सन्चालनमा रहेको कृषि तथा पशु उद्याशिलता परियोजनाको परियोजना व्यवस्थापन समितिका पदाधिकारीहरुसंग आज (सोमबार) समन्वय बैठक सम्पन्न भएको छ ।

आर्थिक सम्बृद्धिकालागि साझेदारी कार्यक्रम अन्तर्गत खजुराका किसानहरुको आर्थिक स्थिती सुधार गर्न उक्त परियोजना संचालनमा आएको हो । कृषि तथा पशु उद्याशिलता परियोजना खजुरा गाउँपालिकाको आफ्नो परियोजना हो । परियोजनालाई हेफर प्रोजेक्टले प्राविधिक सहयोग गरिरहेको छ भने इन्रुडेक सस्थाले सहजिकरण गरेको छ ।

परियोजना संचालनको सुरुवाति अवस्थामा सोमबार तेस्रो बैठकमा उक्त कार्यक्रम कसरी सन्चालन गर्ने, यस आर्थिक वर्षमा के के काम गर्न सकिन्छ, समन्वय सहकार्य कसरी गर्ने लगाएतका विषयमा वृहत छलफल भएको कार्यक्रमको सहजिकरण गरिरहेको इन्रुडेकका अध्यक्ष धर्म रोकायाले जानकारी दिनुभयो । परियोजनाले खजुरा गाउँपालिकालाई मासुमा आत्मनिभर र वीउ विजनमा उल्लेख्य प्रगति गर्ने लक्ष्य राखिएको परियोजना कार्यक्रम संयोजक प्रेम विकले जानकारी दिनुभयो ।

परियोजनाको लागी कुल बजेट ५ करोड ३३ लाख ३३ हजार ५ सय ३० छुट्याइएकोमा खजुरा गाउँपालिकाले ४ करोड र बाँकी हेफर प्रोजेक्टले १ करोड ३३ लाख ३३ हजार ५ सय ३० लगानि गर्नेछ । कृषि तथा पशु उद्याशिलता परियोजनामा खजुरा गाउँपालिकाका १८ सय घरपरिवार लाभान्वित हुने गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । परियोजनामा बाख्रा पालन, बंगुर पालन, टर्कि पालनका साथै गहुँ र धानको विउ उत्पादनमा काम गर्ने जनाइएको छ । तिन वर्षे योजना सहित कार्य सन्चालन गरिएको परियोजनामा १६ सय महिला र २ सय युवाहरुलाई प्रतक्ष्य संलग्नता गराइने भएको हो ।

आधुनिक कृषि तथा पशु पालन प्रणालीको अवलम्वन, कृषि तथा पशु उद्यम मार्फत समूहका सदस्यहरुको आयआर्जनमा वृद्धि, पालिका र वडास्तरीय कार्यक्रम व्यवस्थापन तथा समन्वय समिति गठन, नियमित छलफल, पृष्ठपोषण, बैंक तथा वित्तीय संघसंस्थाहरूसँगको समन्वय र सहकार्यमा सरल, सुलभ र सहुलियत कर्जा प्रवाह, प्रदेश तथा केन्द्र सरकारसँग समन्वय र अनुदान वितरण, सहकारी गठन, दर्ता र सञ्चालन, सामुहिक र वैज्ञानिक बजारिकरण लगाएतका कार्ययोजना तयार पारिएको हेफर प्रोजेक्टका बरिष्ठ कार्यक्रम संयोजक सरद कुमार पोखरेलले जानकारी दिनुभयो ।

परियोजनाका मुख्य क्षेत्रहरुमा बाख्रा पालन व्यवसाय र खोर गोठ सुधार, खाद्यान्नको बिउ उत्पादन, घाँसको श्रोत केन्द्र निर्माण तथा घाँस खेती प्रवद्र्दन, टर्कि प्रवद्र्धन, महिला तथा युवा स्वावलम्बी समूह गठन, सशक्तिकरण र परिचालन, संकलन केन्द्र स्थापना, कृषि तथा पशु वस्तुको सामुहिक÷बैज्ञानिक बजारीकरण गर्ने रहेका छन ।

समन्वय बैठकमा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, प्रमुख प्रसाशकिय अधिकृत मणिराम खराल, वडाध्यक्षहरु, पशु सेवा शाखाका प्रमुख रत्न बहादुर शाहि, कृषि शाखा प्रमुख पुनम पोखरेल, योजना अधिकृत दिल बहादुर पौडेल, हेफर प्रोजेक्टका कर्मचारी, इन्रुडेकका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया