पोल प्रयोग वापतको भाडा वैशाखभित्र नबुझाए टेलिकमद्वारा तार हटाउने चेतावनी

काठमाडौं : नेपाल टेलिकमले केबल टिभी संचालक र इन्टरनेट सेवा प्रदायकलाई पोल प्रयोग वापतको भाडा वैशाखभित्र बुझाउन ताकेता गरेको छ। टेलिकमले मंगलबार सूचना जारी गर्दै यो ताकेता गरेको हो।

‘यस कम्पनीको पोलहरु प्रयोग गर्नुभएका सम्पूर्ण केबल टिभी संचालकहरु, इन्टरनेट सेवा प्रदायकले भाडा वापतको रकम वैशाख मसान्तभित्र नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालयमा भुक्तानी गर्न अनुरोध गरिन्छ,’ कम्पनीद्वारा जारी सूचनामा भनिएको छ।

कम्पनीले भाडा नबुझाएमा जेठ १ गतेदेखि कुनै पनि समयमा तारहरु हटाउने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया