नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाकेले बुधबार राती १२ बजे देखि लागू हुने गरि घोषणा गरेको लकडाउनमा के के गर्न पाइने तथा कस्ता सवारी साधान संचालन गर्न पाउने भनी मापदण्ड तयार गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकार शिवराम गेलालले जारी गरेको लकडाउन आदेश आज राती १२ बजेबाट बैशाख १५ गते राती १२ बजे सम्म लागु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले आज प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस हालका दिनमा बाँके जिल्लामा तिब्र रुपमा फैलिरहेको र कोरोना हटस्पटका रुपमा रहेकोे नेपालगञ्ज उपमहानगर क्षेत्रमा मात्र ३७५ बढी सक्रिय संक्रमित रहेको, अस्पतालहरुका कोभिड वार्डहरु सबै भरिभराउ भएको, नयाँ थपिने क्रम नरोकिएको भन्दै कोरोनाको चुन ब्रेक गर्नका लागि लकडाउन गरिएको सुचनामा उल्लेख छ ।
लकडाउनमा प्रशासनले तोक अनुसारको सवारी साधन बाहेक सबै बन्द हुने, बैंक बित्तीयसंस्था, शैक्षिकसंस्था, उद्योग कल कारखाना, ब्यवसाय पनि संचालनमा रोक लगाईएको छ ।
अत्यावश्यक काममा बाहेक हिंडडुलमा समेत प्रतिबन्ध लगाईएको र त्यसरी सुचनामा आधारित लकडाउन उल्लंघन गर्नेलाई संक्रामक ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने प्रशासनको सुचनामा चेतावनी दिईएको छ ।
हेर्नुस् जिल्ला प्रशासन कार्यालय बाकेले जारी गरेको आदेश अनुसार संचालन गर्न पाउने र नपाउने गतिविधिहरु।












