खजुरा गाउँपालिकाले नेपालगन्जको नीलसागर सेवाआश्रमका लागि तीन लाख रुपैया सहयोग प्रदान गरेको छ ।
नीलसागर सेवाआश्रम नेपालगन्जमा खाद्यान्न , खाजा, औषधि मुलोको अभाव खडकिएको खबर पाएपछी खजुरा गाउँ पालिकाले सेवाश्रमका संचालकलाई बोलाएर आर्थिक सहयोग गरेको हो । सेवाश्रममा हाल १६२ जनाले आश्रय लिईरहेका छन ।
दैनिक चामल दुई बोरा, दाल १५ किलो, तरकारी, औसधि उपचार लगायतका लागि एक दिनमा १५ हजार खर्च हुने गरेको छ । नास्ता बिहान, दिउँसो खाना, फेरी खाजा र साझको खाना गरेर खर्च पुगाउन मुस्किल परेको नीलसागर सेवाश्रमका संचालक अमन निलसागरले जानकारी दिनुभयो ।
खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले सस्थाका अध्यक्ष सरिता खनाललाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
३९ जना बालबालिका, ७२ जना आमा र बुवाहरु ५१ जनाहरु मध्य मनो सामाजिक समस्याका बढी भएको सस्थाका अध्यक्ष खनालले जानकारी दिनुभयो ।









