नेपालगन्जमा लकडाउनको घोषणा संगै बजारभरी थेग्न नसकिने भिडभाड

नेपालगन्ज : बाँकेमा लकडाउनको खबर संगै अत्यावश्यक सामग्रीको खरिदारिका लागी नेपालगन्जको चहलपहलमा वृद्धि भएको छ । अझ विशेषगरि बुधबार दिनभरी र साझ नेपालगन्ज बजारमा अत्याधिक भिडभाड देख्न सकिन्थ्यो । बागेश्वरी मन्दिरको न्यु रोड तर्फको गेट देखि त्रिभुवन चोकसम्म पौदल यात्रीसमेतलाई हिड्न मुस्किलको भिडभाड (ट्राफिक जाम) रहेको थियो ।

नेपालगन्जको रानितलाउ नजिक रहेको सब्जी मण्डिमा लकडाउनको खबर संगै तरकारी खरिद गर्नेको संख्यामा  ह्वात्तै बृद्दी भएको छ । संगै तरकारीको मुल्यमा समेत वृद्धि भएको छ ।

गत बर्षको लकडाउनमा तरकारी तथा खाद्यान्नको मूल्य लकडाउन संगै आकासियको र आवश्यक सामाग्री नपाउदाको दुखले नै  लकडाउन अवधिका लागी खाद्यान्न तथा तरकारीको जोहो गर्न सिकाएको खरिदारिमा गएकाहरु बताउने गर्छन् ।

लकडाउनको समयमा कृतिमा रुपमा समेत खाद्यान्न, तरकारी लगायत अत्यावश्यक बस्तुको मुल्यमा वृद्धि गर्ने परिपाटीले गर्दा मंगलबार नेपालगन्जमा बैशाख ९ गते देखि लकडाउन हुने खबर पाए संगै नेपालगन्जमा खरिदारी गर्नेको भिड बढेको हो ।

प्रतिक्रिया