नेपालगन्ज : बाँकेमा कोरोनाको दोस्रो लहरले कल्पना गरे भन्दा कयौ गुणा खतरापूर्ण बन्दै गएको बेला कोरोना संक्रमणबाट निको भएर घर जानेहरूको संख्या पनि आउन थालेको छ ।
बिहिवार मात्रै १३ महिला र ३४ पुरुष गरि ४७ जना कोभिड निको भै डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमणको तिब्र गति र मृत्युको सिलसिला नरोकिएको बाकेमा आज देखि नेपालगन्ज उपमहानगरपालिका भरी लकडाउनको घोषणा समेत गरिएको छ ।
उता हस्पिटल भरिभराउ छन् भने दैनिक कोरोना संक्रमण बड्दै गरेको अवस्थामा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्याले केही सकारात्मक उर्जा संचार हुनेमा आम मानिसको आशा रहेको छ ।











