लकडाउन अनि तिमि र म

प्रदिप राजवंशी :

बोल्दा सुन्दा उस्तै लाग्ने तर अर्थ फरक, हो यहि हो एउटै  हुन नसकेको अर्थ। 

गएको वर्ष कोरोनको सुरुवाती चरणमा, ए कोरोना  फैलिन्छ सरकार के हेरेर बसेछ, यसलाई त जनताको मतलब नै छैन, लकडाउन गर्नै पर्छ भनेर हामि आफै कराउने गरेकै हो ।

जब सरकारले लकडाउन गर्यो आफ्ना जनताको स्वास्थ्य सुरक्षाको लागि हेलमेल नहोस तर  लकडाउन गरीयो एक हफ्ता सम्म दशैँ पो आयो त, साथी भेट्ने, मासु काट्ने, पार्टी मनाउने, सांझा लखर लखर डुल्दै बाटो तिर जाने अनि यस्तो नी लकडाउन हुन्छ भन्ने। 

क्वारेन्टाइन बनाइयो र  राखियो, आइसोलेसन पनि तयार गरियो संक्रमण नि बढ्दै गयो 

लकडाउनको पहिलो हफ्ता नबित्दै राहत वितरण सुरु भयो, केहि प्रतिसत छाडेर के हामी नेपाली यस्तो अवस्थामा थियौ एक हफ्तामा नै राहत चाहिने।  जसले पायो खुशी, पाएन यो सब मिलिमत्तो भन्दै आलोचना। 

लकडाउनमै  दशैं सकियो, अब दशैमा खर्च त हुन्छ नि, रमाइलो नि त भयो, सरकारले घर बस्नुस सुरक्षित रहनुस भनेको हो, पार्टी मनाउनुस भनेको हैन । सरकारले गरि खान दिएन भन्दै उफ्रन थाले अर्को थरीका, ए बाबा गरिखान सिकौ  भनेर लकडाउन गरेको हो, नत्र रोग लागेर बच्लाउ नबच्लाउ ?

हुन पनि किन नभनुन लगानी गरेर व्यापार गरेकोछ भाडा, बैंकको ब्याज छन् ।

बिस्तारै सबैकुरा बानी पार्दै गयो सरकार र जनता  दुवैलाई । संक्रमितको संख्या बढ्दै गयो घट्दै गयो मृत्यु नी भई रह्यो ।

साच्चिकै दशैँ  आउँदा सम्म कोरोना के हो जस्तै थियो ।

चाडबाडमा सावधानी अपनाउनु पर्ने ध्यान रहेन हामीमा, सरकारले पनि लक्षण बिना परिक्षण गर्न बन्द गर्यो, सबै सहज भइसकेको थियो लाग्थ्यो कोरोना के हो र ?

लापरवाही त्यही समयमा भयो मास्क, स्यनीटाइजर, सामाजिक दूरी, पटकपटक  साबुन पानीले हात धुने कसैको चासोको विषय रहेन ।

मास्क बिना हिँड्नेलाई चलान काटने शुरक्षाकर्मि आफै मास्क बिना बस्दै थिए ।

त्यसको परिणाम स्वरूप आज स्थिति भयावह पूर्ण भएपछि विकल्प चाहि लकडाउन रे ।

यदि हामी जनता र सरकार सधैं सचेत भएको भए के फेरि यो लकडाउन गर्नु पर्थ्यो ? 

यहि कोरोना हो कतिको घरबार विगारेको छ । कतिको आमा बुवा अनि छोरा छोरी चुडेर लगेको छ । कति मजदुर विहान साझ खानैकै समस्या झेलिरहेका छन ।

सामाजिक तिरस्कार के हो भनेर कोरोनाले महसुस गरायो । कोरोना केहि होइन भन्नेहरुलाई पनि विस्तारै कोरोनाको असर देखिन थालेपछि मजाक होइन रैछ नि कोरोना भनेर लेख्न बाध्य पनि बनायो ।

यो देखेर यदि कोरोनाबाट बस्नेहो भने सचेत र स्वास्थ्य सचेतना अपनाउनै पर्ने हुन्छ होइन भने जे नि हुन सक्छ । 

प्रतिक्रिया