नेपालगन्ज : दुवै मृगौला फेल भएको २० बर्षिय बाबुराम चौधरीलाई बर्दियाको गुलरिया वडा नम्बर ४ बाट उद्दार गरिएको छ ।

मृगौला पिडित चौधरीको आफन्त कोहि नभएकाले उनको हेरचाहमा समस्या भएपछि उद्धार गरिएको हो । टुहुरो रहेका चौधरीको दुबै मृर्गौलाले काम गर्न छाडेपछि अवस्था झनै नाजुक हुदै जाखाँ बाँकेको नेपालगन्ज स्थित नीलसागर सेवाआश्रमले उद्धार गरि आश्रय दिएको हो ।

सेवा आश्रममा रहेका चौधरीको उपचारको लागी सेवाआश्रमले सहयोगी मनहरुलाई सहयोगको हात बढाइदिन अनुरोध गरेको छ । बर्दियाका पार्वती खनालले मृर्गौला पिडित चौधरीलाई नीलसागर सेवाश्रमसम्म ल्याएर आश्रम दिन अनुरोध गरेपछि आश्रय दिईएको हो ।

चौधरीलाई हप्तामा दुईपटक भेरी अस्पताल नेपालगन्जमा डाइलासिस गर्नुपर्ने र उनको आफन्त कोहि नभएकाले उनलाई आश्रय दिइएको निलसागर सेवाआश्रमका अध्यक्ष सरिता खनालले जानकारी दिनुभयो ।
भेरि अस्पतालका डाइलासिस विभाग प्रमुख समेत रहेका फिजिसियन डा. पारस श्रेष्ठले चौधरीको मृर्गौला प्रत्यारोपण नै गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले त्यसको लागी छिटै पहल चाल्न जरुरी रहेको समेत बताउनुभएको छ ।














