नेपालगन्ज : राष्ट्रिय युवा संघ नेपाल बाँके जिल्ला कमिटी परिवारले भेरी अस्पतालमा कोभिड वार्डमा अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको छ ।

आज भेरी अस्पतालका मेसु डा.प्रकाश थापा, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिताललाई कोभिड वार्डमा अक्सिजन खरिदका लागि राष्ट्रिय युवा संघ बाँकेका तर्फबाट अध्यक्ष तिलाकबिर सुनार र नेकपा एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले १ लाख ३२ हजार ७ सय ५० रूपैया प्रदान गर्नुभएको हो ।

अहिले भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारको लागी अक्सीजन सिलिन्डर खरिदका लागी भन्दै सहयोगी दाताहरु बढ्दै गएको अस्पतालले जनाएको छ ।















