बाँकेका पत्रकारहरुमा बढ्दो कोरोना संक्रमण

नेपालगन्ज : पछिल्ला समयमा बाँकेमा पत्रकारिता गर्ने पत्रकारहरुमा कोरोना संक्रमण बढि देखिएका छन ।

पछिल्लो लटको संक्रमण दर सुरु भएसगै पत्रकारहरु पनि कोरोना संक्रमण बाट सुरक्षित रहन सकेका छैनन । नेपालगन्जको रेडियो सदभावका स्टेशन म्यानेजर नविन गिरी आफ्नो घरका अन्य परिवार सदस्य सहित सक्रमित भएर घरमै सामान्य उपचार गराउदै बसेका छन । त्यस्तै, स्वास्थ्य पेच अनलाइनका अध्यक्ष तथा कार्यकारी सम्पादक प्रीया स्मृति ढकाल, बिगतमा लामो समय रेडियोमा कार्यरत रहेर काम गरेका विनोद गौतमले पनि आफु संक्रमित भएको खबर सामाजिक सन्जाल मार्फत जानकारी गराएका छन ।

बाँकेमा अन्य धेरै पत्रकार अहिले कोरोना संक्रमित बनिसकेको खबर आएका छन । कतिपयले आफु संक्रमित भएको जानकारी गराएका छन भने कतिले जानकारी नगराएरै कोरोनाको उपचार गराइरहेका छन ।

पत्रकारहरु समाचार संकलनका क्रममा डुलिरहनुपर्ने भएकाले छिटो संक्रमणमा परेको हुन सक्ने स्वास्थ्यकर्मिहरुको भनाई छ । यस अघि पनि बाँकेका आधा दर्जन बढि पत्रकार कोरोना संक्रमित भएर भेरी अस्पतालमा उपचार गराएर घर फर्किसकेका छन ।

पहिले कोरोना संक्रमण भएर घर फर्केका पत्रकारहरुले अहिले सम्म शरिरमा पहिलेजस्तो जागर आउन नसकेको प्रतिक्रिया दिएका छन । पत्रकार दामोदर भण्डारी, खगेन्द्र दाहाल, भिम पौडेल, विपिन खड्का, कल्पना कार्कि लगाएतले कोरोनालाई मजाकमा लिन नहुने भन्दै सचेत रहन आग्रह समेत गरेका छन ।

प्रतिक्रिया