आज देखी बाँकेको नेपाल भारत जमुनाह नाकामा होल्डीङ सेन्टर संचालन गरिने भएको छ ।
WFP को सहयोगमा १ सय जना बढी अटाउन सक्ने टेण्ट उपलब्ध गराएपछि रातारात त्यसलाई राख्ने कार्य भएको नेपालगन्ज उपमहानगरपालिका उप प्रमुख उमा थापाले जानकारी दिनुभयो । टेण्ट राख्न नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरीले रातभर काम गरेको थियो ।
राति नै त्यस क्षेत्रमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका कर्नेल नहकुल थापा, प्रहरी प्रमुख ओम राना, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३,१०,१२ का वडा अध्यक्ष विरेन्द्र शाह,विन्दु भूषण बस्नेत,बुद्दि सागर सुबेदी लगायत सुरक्षाकर्मीको उपस्थिति रहेको थियो । होल्डीङ सेन्टरमा भारतबाट भित्रने नेपालीहरुलाई राखिने छ ।












