नेपालगन्ज : कोरोना महामारीका बेला औषधि तथा सर्जिकल सामग्रीको अभाव हुन नदिन सरोकारवाला संगको छलफल गरिएको छ ।

छलफलमा कुनैपनि बाहनामा मुल्य वृद्धि हुन नदिन सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।

नेपाल औषधि व्यवसायी संघ बाँकेका अध्यक्ष वसन्त शर्मा, महासचिव जीवन शर्मा, केमिकल्स एण्ड सर्जिकल एसोसिएसन बाँकेका अध्यक्ष प्रदीप गुप्ता, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मन्च बाँकेका अध्यक्ष बसन्त गौतम, नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठ, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्याल, लगायतले औषधि तथा सर्जिकल सामग्रीको अभाव र मुल्य वृद्धि हुन नदिन पहल गरिने प्रतिवद्धता जनाएका थिए ।















