नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण भई उपचार गराइरहेकाहरु निको भएर घर जान थालेका छन ।
कोभिड फोकल पर्सन तेज वलिका अनुसार बैसाख १ गते देखि हाल सम्म ३०१ जना निको भएर डिस्चार्ज भएका हुन । पछिल्ला दिनमा कोरोना संक्रमण हुने दर बढ्दै जादाँ कोरोनालाई जित्नेहरुको संख्याको दर पनि बढ्दै गएको भेरी अस्पतालका मेसु प्रकाश थापाले जानकारी दिनुभयो ।
बाँकेमा कोरोना रोकथामका लागी सोमबार राति १२ वजेबाट लागुहुने गरी जिल्लाभरी नै लकडाउन लगाइएको अवस्था छ ।











