नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको अग्रसरतामा वडामा आइसोलेसन(कोभिड विशेष वार्ड) सञ्चालनमा आएको छ ।
राधापुरस्थित स्वास्थ्य चौकीमा वडाध्यक्ष मल्लको ब्यक्तिगत सहयोगमा कोभिड वार्ड सञ्चालन भएको हो । वडा सचिव चिरञ्जीवी पाण्डेले वडा अध्यक्ष मल्लले १० सइयाको अक्सिजन सहितको वार्ड सञ्चालनका लागि करिब ४ लाख रुपियाँ सहयोग गरेको जानकारी दिनुभयो ।
मल्लले यसअघि पनि पारिश्रमिकको रकमबाट विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ । मल्लको ब्यक्तिगत सहयोगमा राधापुरमा जिम सेन्टर समेत सञ्चालन भईरहेको छ ।
राधापुर स्वास्थ्यचौकीमा अक्सिजन सहितको सइयाको ब्यवस्था भएपछि कोभिडका विरामीलाई सहजता हुने भएको छ ।











