खजुरा : बाँके जिल्लाभरी नै कोरोना संक्रमितको संख्या बढिरहेको अवस्था छ । जसमा खजुरा पनि अछुतो रहने कुरै भएन ।
खजुरा गाउँपालिकामा पछिल्ला दिनमा कोरोना संक्रमित हुनेहरु जो लक्षण सहितका छन, उनिहरुका लागी गाउँपालिकाले व्यवस्थापन गरेको अक्सिजन सहितको आइसोलेसनमा राखेर उपचार गरिन लागिएको छ ।
लक्षण कम भएका होम आइसोलेसनमा बसेकाहरुलाई खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकविर सुनारले भेट गरी स्वास्थ्य अवस्था बुझदै तत्कालका लागी केहि खानेकुरा र माक्स, सेनिटाइजर वितरण समेत गरेका छन । हरेक संक्रमितको घरमा पुगेर वडाध्यक्ष सुनारले कुनै समस्या परेको खण्डमा तत्काल आफुलाई खबर गर्न अनुरोध गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
एक क्यारेट अण्डा, जम्बो रियल मिक्स जुस र माक्स सेनिटाइजर बोकेर जनताको घरदैलोमा पुगेका वडाध्यक्ष सुनारलाई संक्रमितले कोरोना भाइरसलाई मजाकमा लिन नहुने भन्दै सबै जनतामा सकारात्मक सन्देश फैलाइदिन अनुरोध गरेका थिए ।
रास्ट्रिय युवा संघ बाँकेका अध्यक्ष समेत रहेका खजुरा गाउपालिका वार्ड न ४ का अध्यक्ष सुनारले कोरोना पिडितहरु सङ्ग भेटघाट गरि उच्च मनोबल बढाउने र स्वास्थ स्थितिको बारेमा जानकारी लिइ सधै आफू यस विषम परिस्थितिमा जनताको पक्षमा रातदिन उभिने बताएका थिए ।












