खजुरा : बाँकेको खजुरा गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटिले सोलार लाइट र स्प्रे टंकी प्रदान गरेको छ ।

आज गाउँपालिका परिसरमा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिलाई नेपाल रेडक्रस सोसाइटि उपशाखा खजुराका सभापति जिवनाथ सापकोटाले उक्त सामाग्री हस्तान्तरण गर्नुएको हो । आपतकालिन प्रतिकार्यका लागी पुर्व तयारी (पिईआर) कार्यक्रम अन्तरर्गत आइसोलेसन केन्द्रहरुमा आवश्यक पर्ने उक्त सामाग्रीहरु प्रदान गरिएको सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

खजुरामा हालको लागी स्प्रे टंकी तिन वटा, सोलार लाइट १० सेट उपलव्ध गराइएको रेडक्रसका सुवास निरौलाले जानकारी दिनुभयो । आज रेडक्रसद्धारा प्रदान गरिएको सामाग्रीलाई आइसोलेसन केन्द्रहरुमा प्रयोग गरिने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले बताउनुभयो ।

हस्तान्तरणको क्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया विक, योजना अधिकृत दिल बहादुर पौडेल, नेपाल रेडक्रस सोसाइटि खजुरा उपशाखाका सचिव अर्जुन थापा लगाएतको उपस्थिती रहेको थियो ।














