आह ! यस्तो पो जनप्रतिनिधि : वडामै डाक्टर सहितको आइसोलेसन निर्माणमा जुटे बेहना !

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्र २३ वटा वडा छन् , सबै वडाहरुले वडा अध्यक्ष, सचिव, लेखापाल संगै वडा सदस्य र अन्य कर्मचारी प्राप्त गरे अनि संगै निश्चित बजेट तर नेपालगन्जको वडा नम्बर चारले भने त्यो संगै ‘सफिक बेहना’ प्राप्त गरेको छ ।

सफिक बेहना कुनै नयाँ नाम होईन, अन्य वडाको जस्तै वडा नम्बर चारका अध्यक्ष हुन् । तर सफिक बेहना वडा नम्बर चारको मात्रै होइनन् उनी अहिले जिल्लाकै अब्बल जनप्रतिनिधिको रुपमा उदाएका छन् ।
बाँके जिल्लालाई कोभिड संक्रमणले घेरिरहदा उनी चुपचाप बस्नै सकेनन् । उनको मनले हरेक पल केही न केही सोची रह्यो । योजना बुन्दै गर्यो । यो गरे ठिक होला कि त्यो गरे ठिक होला अध्यक्ष बेहनाले गर्दै गए ।

भेरी अस्पतालमा अक्सिजनको अभावको खबर सुने उनले ब्यक्तिगत २ लाख रुपैयाँ बाट अक्सिजन सिलिन्डर खरिदको प्रक्रिया अगाडी मात्रै बढाएनन उनले नागरिक स्तर देखि यो महामारीको समयमा सहयोग गर्नु पर्छ भन्ने भावना जाग्रीत गरे ।

दिनहुँ भेरी अस्पताल र बाकेको कोरोना संक्रमण र मृत्युको खबर नयाँ नयाँ बनेर आउदै गर्थ्यो, उता वडा नम्बर चारका अध्यक्ष बेहनाले मनभरी केही सहयोग गर्न सकिने र केही गर्न सकिने काम र सामानको लिस्ट बनाउदै भेरी अस्पतालमा पुराउदै गरे ।

उनको सहयोग, सहयोगी मन र उनको सकृयताले सामाजिक संजाल भरियो , उनको कार्यको सिको गर्न धेरैले अनुरोध गरे ।

वडा अध्यक्ष सफिक बेहनाले ब्यक्तिगत सहयोग संगै अझै वडाले केही गर्नु पर्छ यति नै बेला केहि ठोस कदम चाल्नुपर्ने भन्दै १४ गते वडाको बैठकद्वारा १० बेड क्षमताको अक्सिजन सुबिधा सहितको आइसोलेसन निर्माण गर्ने निर्णय गरे र दुई जना एमबिबिएस डक्टर र ४ जना स्टाफ नर्स समेतको लागि सुचना निकालेका छन् ।

नेपालगन्ज उपमहानगरपालिकामा मात्रै होइन, सम्भवत यसरी एमबिबिएस डक्टर सहित आइसोलेसन हस्पिटल निर्माणको लागि यस्तो कदम देशमै नमुना कार्य हो ।

आइसोलेसन अस्पतालको लागि आफै सामान बोक्ने देखि भवन त्यार गर्नको लागि आफै खटेका अध्यक्ष बेहनाको यो कदमले बाँकेमा जनप्रतिनिधिहरुको शाख जोगाएको छ ।

प्रतिक्रिया