२ जना कर्मचारीमा कोरोना देखिएपछि जानकी गाउँपालिका बन्द

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकाका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि गाउँपालिका नै बन्द गरिएको छ ।

कर्मचारीमा कोरोना पोजेटिभ भएपछि बैठक बसेर गाउँपालिका २२ गते सम्मको लागी बन्द गरिएको हो । गाउँपालिकाले अति आवश्यक सेवा बाहेक शाखाहरुबाट हुने सेवा सबै बन्द गरिएको जनाएको छ ।

हिजो १४ गते हिजो देखि २२ गते राति १२ बजेसम्मको लागी गाउँपालिका बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले एक सुचना जारी गर्दै जनाउनुभएको छ ।

प्रतिक्रिया