फाइल फोटो : गोरखापत्र
नेपालगन्ज : बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।
बाँकेमा बुधबार मात्रै ३७ महिला र ५१ पुरुष गरि ८८ जना कोरोना परास्त गरि डिस्चार्ज भएको बाकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन् ।
बाकेमा कोरोना संक्रमण अकल्पनीय रुपमा बढेपछि संक्रमित राख्ने आइसोलेसन समेतको अभाव रहेको छ भने मृत्यु हुनेको सिलसिला समेत रोकिएको छैन । दैनिक रुपमा संक्रमितको संख्यामा भएको वृद्धि पछि बाँके जिल्लाभरी नै लागू हुने गरि लकडाउन समेत गरिएको छ ।
तर पछिल्ला केही दिन यता कोरोना संक्रमण मुक्त भएर घर फर्कनेहरुको संख्या समेत दैनिक आउन थाले पछि भने जिल्लाबासीमा केही राहतको महसुस भएको जानकार बताउने गर्छन् । नकारात्मक समाचार मात्रै पाएको बाँकेबासीले भने केही दिन देखि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका डेटाहरु समेत हेर्न पाएका छन् ।











