९२ बर्षीय सँक्रमित कोभिड अस्पतालबाट घर हिडे, घरमै आईसोलेट भएर बसे

धनगढी: कैलालीमा एक कोभिड सँक्रमित अस्पतालबाट घर हिडेका छन् । जिल्लाको धनगढीस्थित अस्थायी कारोना अस्पतालबाट एक सँक्रमित घर फर्केका हुन् ।

कन्चनपुरको बेदकोट नगरपालिका स्थायी घर भएका ९२ बर्षीय शिबदत्त पन्तलाई यही बैशाख ८ गते कोरोना सँक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि पन्त चेकजाँचका लागि सेती प्रादेशिक अस्पतालमा आएका थिए ।

कोरोना पुष्टि भएपछि अस्पतालले आईशोलेसनमा बस्न भन्दै कोभिड अस्पतालमा पठायो तर पन्तले बस्न अस्विकार गर्दै बैशाख १५ गते घर फर्किएको शिबदत्त पन्तका आफन्त ओम जोशीले बताए ।

अस्पतालमा अक्सिजन समेत थिएन । अवस्था सामान्य भएकाले १५ गते घर फर्किएर सेल्फ आईशोलेसनमा बसिरहेको उनले बताए । हाल पन्तको अबस्था सामान्य रहेको उनको भनाई छ ।

प्रतिक्रिया