नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको दर अस्वभाविक रुपले वृद्धि भए पछि जिल्लामा लकडाउन गरिएको छ । त्यो संगै सुरक्षाकर्मीहरुले आआफ्नो क्षेत्रमा विभिन्न किसिमको गतिविधि गर्दै आएका छन् ।
उता ईलाका प्रहरी कार्यालय धनौली खजुराले खजुरा गाउँपालिका वडा नम्बर तीन खजुरामा मास्क खोइ अभियान संचालन गरेको छ ।
बिश्व ब्यापी माहामारीको रुपमा फैलिएको भेरियन्ट सहितको कोभिड -१९ (कोरोना भाईरस) रोकथाम तथा न्युनिकरण गर्ने उद्देश्यका साथ बिहीवार इप्रका धनौलिका कार्यालय प्रमुख बसन्त आचार्य सहितको टोलिले तपाईको माक्स खोई अभियान संचालन गरेको थियो भने सो क्रममा यात्रुहरुलाई मास्क समेत बितरण गरिएको थियो ।









