सुवासले आफ्नै निर्देशनमा ल्याए ‘कुल्चि हिड्छन् फूललाई’

काठमाडौंँ : अमेरिका निवासी अभिनेता सुवास थापा पछिल्लो समय अभिनय तथा निर्देशन दुवैमा सक्रियता देख्न सकिन्छ । थापाको निर्देशन रहेको गीत ‘कुल्चि हिड्छन् फूललाई’को म्युजिक भिडियो अहिले सार्वजनिक भएको छ ।

खेम रिजालको शब्द, छवि न्यौपानेको स्वर र कर्मा ग्यान्चेन संगीत रहेको गीतको भिडियो अमेरिकामै खिचिएको हो । भिडियो राम्रो बनेको छ ।
बिनीता खड्का थापाको कोरियोग्राफी रहेको भिडियोेमा सुवासकाृ अलवा बिनीता खड्का थापा, सिआइला, पतृक र कृष्टिनको अभिनय छ ।

भिडियोमा सुवासको अभिनयले दर्शकको मनछुने छ ।
पूर्व प्रेमीप्रेमीकाको मिलन बिछोड र जीवनको उतारचढापको कथा प्रस्तुत गरिएको भिडियो तोरी राइसले छायाँकन गरेका हुन् ।

‘कोही मेरो,’ ‘तथास्तु’, ‘तोरी लाहुरे’, ‘ब्रेकफेल’, ‘बिर्खेलाई चिन्छस्’ लगायतका फिल्ममा अभिनय गरेर चर्चामा रहन सफल सुवास केही बर्षयता सपरिवार अमेरिकामा बस्दै आइरहेका छन् ।

अमेरिकामा थापाले कन्ट्रेल राइटको निर्माण तथा निर्देशन रहेको एक अंग्रेजी फिल्म ‘हाउ टु किप योर म्यान ह्याप्पी’मा समेत अभिनय गरेका थिए । फिल्ममा उनको व्यवसायीको भूमिका रहेको छ ।

अमेरिकामा रहे पनि कलाकारिता प्रति आफ्नो अगाढ प्रेम रहेकाले मौका मिलेसम्म नेपाली फिल्म तथा गीतसंगीतमा आफूलाई प्रस्तुत गरिरहने उनी बताउछन् ।

‘मेरो ज्यान अहिले बिदेशमा छ । मन त नेपाली नै होनी’ थापाले भने ‘नेपाली फिल्म र गीतसंगीत अभिनय अन्य काम छोडेर पनि गर्छु ।’
थापाले यसै फिल्मबाट म्युजिक भिडियो निर्देशन समेत थालेका हुन् । आगामी दिनमा यो यात्रा निरन्तर रहने उनी सुनाउछन् ।

प्रतिक्रिया