नेपालगन्ज :
बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।
बाँकेमा शुक्रबार ८७ महिला र ११८ पुरुष गरि जम्मा २०५ जना कोरोना निको भै डिस्चार्ज भएका छन् । शुक्रबार डिस्चार्ज हुनेमा ५ बर्षिय बालक र ७१ बर्षिय महिला समेत रहेका छन् ।
उता बिहीवार मात्रै बाँकेमा १०० महिला र १४४ पुरुष गरि २४४ जना कोभिड संक्रमण निको भै डिस्चार्ज भएका थिए भने बाँकेमा बुधबार ३७ महिला र ५१ पुरुष गरि ८८ जना कोरोना परास्त गरि डिस्चार्ज भएका थिए ।
बाँकेमा पछिल्ला केही दिन यता कोरोना संक्रमण मुक्त भएर घर फर्कनेहरुको संख्या समेत दैनिक आउन थाले पछि भने जिल्लाबासीमा केही राहतको महसुस भएको जानकार बताउने गर्छन् । नकारात्मक समाचार मात्रै पाएको बाँकेबासीले भने केही दिन देखि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका डेटाहरु समेत हेर्न पाएका छन् ।











