काठमाडौं : नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुबैको मूल्य घटेको छ। बिहीबार प्रतितोला ३ सय रुपैयाँले बढेर ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँ घटेर ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला ८५० रुपैयाँ घटेर ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १ हजार ३१५ रुपोयँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ।









