नेपालगन्ज :
बाँकेको जानकी गाउँपालिकाले ५० बेड क्षमताको आइसोलेसन निर्माण गरेको छ ।
जानकी गाउँपालिका वडा नम्बर ६ गनापुर स्थित खुल्ला कारागारमा अक्सिजन सुबिधा सहितको ५० बेड क्षमताको आइसोलेसन निर्माण गरेको हो ।
बाँकेमा पछिल्लो समय कोरोनाको दोस्रो लहरले स्वास्थ्य सिस्टम नै तहसनहस पारेको अवस्थामा जानकी गाउँपालिकाले पालिकाबासीको लागि आइसोलेसन निर्माण सम्पन्न गरेको हो ।

हामी पालिकाबासीको स्वास्थ्य सुरक्षाको निरन्तर काममा खाटिएका छौं, नागरिखरु डराउन पर्दैन, स्वास्थ्यकर्मीहरु बताउने गर्छन् ।
त्यस्तै जानकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष सुरेश यादवका अनुसार जानकी गाउँपालिकाले ५० बेड क्षमताको आइसोलेसन निर्माण गरेको छ, हामी कसैलाई केही हुदैन हामी निरन्तर सेवामा छौं ।
जानकी गाउँपालिकाले निर्माण गरेको आइसोलेसनको बारेमा सामाजिक संजालमा जानकारी दिदै जानकी दिदै समाजसेवी तथा युवा नेता किशोर थापाले कसैलाई केही नहुने र हामी सबै साथमा रहेको संदेश दिएका छन् ।
थापाले कोरोना संग हामी सबै एकजुट भएर आत्मबिश्वास बलियो पार्नुपर्ने बताएका छन् ।













