बर्दियामा जारी निषेधाज्ञा बैशाख मसान्त सम्मका लागि थप

बर्दिया : बर्दिया जिल्लाभर जारी निषेधाज्ञा बैशाख मसान्त सम्मका लागि थप गरिएको छ ।

कोरोना संक्रमित बढेसँगै एक साता जारी गरिएको निषेधाज्ञा संक्रमण झन् बढेपछि बैशाख मसान्तसम्म निषेधाज्ञा लम्ब्याइएको हो । निषेधाज्ञामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल सञ्चालन हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार जानकारी दिनुभयो ।

आदेशको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुरयाउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएम निर्माण सेवाजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य सञ्चालन गर्न पाइनेछ

प्रतिक्रिया