काठमाडौँ : कोभिड—१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) ले जमुनाह नाका संचालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ ।
सीसीएमसीको शुक्रबार बसेको बैठकले अहिले सञ्चालनमा रहेका ३५ वटा नाकामध्ये जमुनाह नाका पनि संचालनमा ल्याउन मन्त्रिपरिषद समक्ष सिफारिस गरेको उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकार दिए ।
उनले नेपाल–भारत सीमा नाका अन्तरगत १३ वटा नाका मात्र सञ्चालनका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको बताए ।
यी हुन सीसीएमसीले सिफारिस गरेका नाकाहरु ?
पशुपतिनगर
काँकडभिट्टा
जोगवनी
भिट्टामोड
गौर
वीरगञ्ज
कृष्णनगर
बेलहिया
जमुनाह (नेपालगन्ज)
गौरीफन्टा
गड्डाचौकी
कुलघाट
झुलाघाट











