जितिन्छ कोरोना : बाँकेमा शनिबार २५० जना कोरोना निको भई डिस्चार्ज

फाइल फोटो

नेपालगन्ज : बाँकेमा दिनप्रतिदिन कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गैरहेको बेला केही दिन देखि कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेहरुको संख्या समेत वृद्धि भएको छ ।

शनिबार बाँकेमा १११ वर्षिय वृद्धा महिला सहित १०६ महिला र १४४ पुरुष गरेर २५० जनाले कोरोना निको भइ डिस्चार्ज भएका छन् ।

बाँकेमा शुक्रबार र बिहीवार पनि २०५ जना र २४४ जना कोरोना निको भै डिस्चार्ज भएका थिए ।

बाँकेमा पछिल्ला केही दिन यता कोरोना संक्रमण मुक्त भएर घर फर्कनेहरुको संख्या समेत दैनिक आउन थाले पछि भने जिल्लाबासीमा केही राहतको महसुस भएको जानकार बताउने गर्छन् । नकारात्मक समाचार मात्रै पाएको बाँकेबासीले भने केही दिन देखि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका डेटाहरु समेत हेर्न पाएका छन् ।

प्रतिक्रिया