नेपालगन्ज :

नेपालगन्जको गौरव र गरिमामय प्रस्तुत भन्ने नारा दिएर नेपालगन्जमा व्यापार , पर्यटन कृषि तथा बृहत साँस्कृतिक महोत्सव हुने भएको छ ।
ए जि सर्भिस प्रा.लि नेपालगन्जले आयोजना गर्न लागेको उक्त दोस्रो नेपालगन्ज महोत्सव फाल्गुन २१ गते देखी चैत २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
३०० स्टल रहने महोत्सवमा दिनभर सांस्कृतिक कार्यक्रम तथा साझा ६ बजे देखी राती १० बजे सम्म लाइभ कन्सर्ट आयोजना गरिने छ र महोत्सवमा होमस्टे समेत राखिने आयोजकले जनाएको छ ।
नेपाली गित संगीत , कला , संस्कृती , भाषा ,पर्यटन , तथा कृषि सम्बन्धि कार्यलाई अगाडि बढाई देशमा रहेका बेरोजगार युवाहरुलाई रोजगार दिने मुल उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको ए जि सर्भिसका अध्यक्ष नन्द बहादुर बुढाले नेपालगन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताएका छन् ।
स्थानिय तथा राष्ट्रिय कलाकारहरुले महोत्सवमा प्रस्तुति दिने छन भने डान्स प्रतियोगिता समेत आयोजना गर्ने छ ।











