नेपालगन्ज :
कोरोना संक्रमणको दोस्रो लहरले बाँके जिल्लालाई सबैभन्दा धेरै घेरेको छ । कोरोना कहरको सुरुवाती दिन देखि नै खुल्ला सिमानाको कारण बाँक उच्च जोखिममा रहदै आएको छ ।
त्यस्तोमा कोरोना कहरको दोस्रो लहर भारतमा देखिदै गर्दा बाँके त्यसको चपेटामा परेको हो । बाँकेमा कोरोना कहरको दोस्रो लहर संगै जिल्लाको स्थिति भयावह बनेको छ । दैनिक पाँच सयको हाराहारीमा कोरोना केस देखा परेको छ भने त्यसको नियन्त्रणका लागि डिसिसिएमसी बाँकेले जिल्ला भरिनै लकडाउनको घोषणा गरेको थियो ।
सो लकडाउनलाई अझै कडा पार्ने संकेत जिल्लामा देखिएको छ । आइतबार नेपालगन्जका चोकचोकमा सुरक्षाकर्मीले कडाई गरेका थिए भने नेपालगन्ज प्रवेश गर्ने खजुरा रोडमा निकै कडा पारिएको थियो ।
जिल्लामा एक हप्ता लकसाउन थप्ने कुरा सार्वजनिक भएकै दिन सुरक्षाकर्मिले बाँकेमा लकडाउनलाई कडा पार्ने संकेत देखाएका छन् , जो आवश्यक समेत रहेको सरोकारवाला र सर्वसाधारणको भनाई छ ।
फोटो : वसिम अन्सारी / खगेन्द्र दाहाल
















