युवा संघ बाँकेद्वारा कोरोना संक्रमितको उपचार सहयोगमा जुट्न अपिल

नेपालगन्ज : युवा संघ नेपाल, बाँकेले जिल्लामा कोरोना संक्रमितको उपचार सहयोगमा जुट्न सबैमा अपिल गरेको छ ।

युवा संघ बाकेले आइतबार अपिल जारी गर्दै विश्वव्यापी रुपमा भयावह बन्दै फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणले बाँके जिल्लाको स्वास्थ्य क्षेत्रलाई नै तहसनहस पारिसकेको छ र

जिल्लामा कोरोना संक्रमितले उपचारको लागि बेड र  अक्सिजन पाउनै नसक्ने अवस्था सृजना भएको भन्दै यो बिकराल अवस्थामा स्थानीय सरकार, स्थानीय प्रशासन, प्रदेश तथा संघिय सरकारको ध्यानाकर्षण गर्दै संक्रमितको सहज उपचारको लागि युवा संघ नेपाल बाँकेले सबैमा अपिल गरेको हो ।

युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्माखर बस्याल र सचिव सुनिल रसाइलीले हस्ताक्षर गरेको अपिलमा अगाडि लेखिएको छ , ‘जिल्लाबासीको उपचार तथा शव व्यवस्थापनमा समेत स्थानीय सरकारको उदासिनता छर्लग भएका केहि घटना जिल्लामा देखा परेको अवस्थालाई ध्यानमा राख्दै युवा संघ बाँकेसंग आस्था राख्ने युवाहरुलाई त्यसको व्यवस्थापन तथा कोरोना संक्रमितको सहज उपचारको व्यवस्थापनमा जुट्न समेत आव्हान गर्दछ ।’

बाँकेमा कोरोना संक्रमण भयावह बन्दै गएको अवस्थामा पनि स्थानिय सरकारले त्यसतर्फ खासै चासो नदेखाएको प्रती आपत्ति समेत जनाएको छ । स्थानीय सरकार, स्थानिय प्रशासन तथा प्रदेश तथा संघीय सरकारले हात खडा गरेको यो महामारीको समयमा सबै युवाहरु एकजुट भएर महामारी संग लड्न र संक्रमितको उपचारमा सहयोग गर्न आव्हान समेत गरेको छ ।

कोरोना संक्रमणको महामारीबाट बच्न र बचाउन जनचेतना जगाउने, संक्रमितको उपचारको लागि विपन्नको हकमा आर्थिक व्यवस्थापन गर्ने, सहज यातायात व्यवस्थापन तथा सहज उपचार र मृतकको शव व्यवस्थापन जस्ता कार्यमा आवश्यकता अनुसार कार्य गर्न र महामारीको समयमा सबै युवाहरु एकजुट  भएर जिल्लाबासीको सेवामा लाग्न समेत युवा संघ नेपाल बाँके अनुरोध गर्दछ ।

साथै हालका दिनसम्म युवा संघ नेपालसंग आस्था राख्ने युवाहरुले जिल्लामा कोरोना संक्रमितको उपचार र शव व्यवस्थापनमा जुन किसिमले कार्य गर्दै आउनुभएको छ त्यसको युवा संघ नेपाल बाँके उच्च सम्मान प्रकट गर्दछ । जारी अपिलमा भनिएको छ ।

हेर्नुस् युवा संघ बाँकेले जारी गरेको अपिल

प्रतिक्रिया