बाँकेमा बैशाख २७ सम्मलाई थपियो लकडाउन

नेपालगन्ज :  बाँकेमा जारी लकडाउन एक हप्ताको लागि बढाइएको छ ।

यस अघि डिसिसिएमसिको बैठकले बाकेमा लकडाउन गर्न सिफारिस गरे संगै बैशाख १३ गते राती १२ बजे देखि २० गते राती १२ बजेसम्मलाई लकडाउन गरिएको थियो ।

सो लकडाउनलाई बढाएर जिल्ला प्रशासन कार्यालय बाँकेले २७ गते राती १२ बजेसम्म पुराएको छ ।

प्रशासन कार्यालय बाँकेले सोमबार सूचना जारी गरेर लकडाउनको बारेमा  जानकारी दिएको छ ।

प्रतिक्रिया