उप–महानगरपालिकाले स्वास्थ्यकर्मी भर्ना गरि भेरीमा खटायो

नेपालगञ्ज : नेपालगञ्जमा कोभिड– १९ रोकथाम र नियन्त्रणलाई प्रभावकारी रुपमा अघि बढाउन नेपालगञ्ज उप–महानगरपालिकाले स्वास्थ्यकर्मीहरु करारमा भर्ना गरेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएको जानकारी दिनुभयो ।

नेपालगञ्जले भर्ना लिएका मध्ये १५ जनालाई भेरी अस्पताल नेपालगञ्जमा खटाइएको छ । यसैगरी जमुनाहस्थित हेल्थडेस्कमा १३ जना स्वास्थ्यकर्मीलाई खटाइएको छ । भेरी अस्पतालमा जनशक्ति अभाव हुन नदिन उपमहानगरपालिकाले कर्मचारी भर्ना गरि खटाएको हो ।

नेपालगञ्ज विमानस्थलमा रहेको हेल्थडेस्क, विभिन्न आईसोलेसन केन्द्र र वडास्थित स्वास्थ्य संस्थाहरुमा नयाँ स्वास्थ्यकर्मीहरु परिचालन गरिएको हो ।

प्रतिक्रिया