नेपालगन्ज : कोरोना महामारीको दोस्रो लहर संगै बाँके जिल्ला त्यसको चपेटामा परेको र लकडाउनको अवस्थामा समेत पुगेको बेला जिल्लामा कालोबजारी हुन नदिन रास्ट्रिय युवा संघ नेपाल बाँके र अनेरास्ववियु बाँकेले बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
जिल्लामा अत्यावश्यक बस्तु तथा औषधि लगायतका बस्तुमा चरम कालोबजारी भएको र सर्वसाधारणले पाउन समेत नसक्ने अवस्था भएको भन्दै गुनासो आइरहदा अनेरास्ववियु र रास्ट्रिय युवा संघ बाँकेले बाँकेले प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
रास्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष तिलक वीर सुनार र अनेरास्ववियु बाँकेका अध्यक्ष दिनेश केसीले हस्तान्तरण गरिएको ध्यानाकर्षण पत्रमा बाँकेको कोरोना कहरमा फ्रन्ट लाइनमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सहयोगी हातहरुलाई धन्यवाद समेत भनिएको छ ।
ध्यानाकर्षण पत्रमा अगाडी भनिएको छ , यस विषम परिस्थितिलाई अवसरका रुपमा लिइ भैरहेको भ्रस्टाचार, कालोबजारी, औषधिजन्य र अत्यावश्यक सामाग्रीको कृतिम अभाव देखाई जनतालाई सास्ती खेप्न पारिएको बिषय प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
विषम परिस्थितिमा पनि अर्थोपार्जन गर्नका लागि गरिएका त्यस्ता अमानवीय कार्यप्रती घोर निन्दा ब्यक्त गर्दै मानविय क्षती हुनेगरि गरिने अमानवीय क्रियाकलाप किमार्थ स्विकार नहुने बताएको छ ।
हेर्नुस् युवा संघ बाँके र अनेरास्ववियु बाँकेले बुझाएको ध्यानाकर्षण पत्र












